Preeti to Unicode

Unicode to Preeti

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे द्धारा बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन

बिर्तामोड, ३२ असार : बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो ।

नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको
यो भवन पाँच तले छ । उहाँले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनु भयो ।
‘सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण भूमिका खेल्नेछ’, नगर प्रमुख प्रसाईले भन्नुभयो ।

नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनको भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ । दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ ।

तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सेवाग्राहीको बढ्दो चाप र नगरको विस्तारित कार्यबोझलाई व्यवस्थापन गर्न नयाँ भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०-५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको यो भवन २०८० असार २४ गते सुरु भएर २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो ।

२३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ भवनले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनु भयो ।

सोहि कार्यक्रमका बीच वडा नम्बर ७ का ३ जना सुकुम्बासीलाई जग्गा धनीपुर्जासमेत वितरण गरिएको छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक, प्रशासनिक तथा स्थानीय व्यक्तित्वहरूको

सम्बन्धित
- Advertisment -




लोकप्रिय