Preeti to Unicode

Unicode to Preeti

परदेशीको व्यथा र भावनालाई र्‍यापमा उतार्दै विराज, भिडियो सार्वजनिक

मेचीनगर-१५, ज्यामिरगढी निवासी गायक विराज भेटवाल (Victor) ले आफ्नै शब्द, सङ्गित र स्वरमा सुसज्जित “सम्झना” बोलको र्याप गित सार्वजनिक गरेका छ्न ।

मौलिक शब्दहरु समेटी तयार पारिएको गितमा बाध्यात्मक स्थितिका कारण पर्देशिनुको पिडालाइ ऊजागर गरिएको छ । सिने स्टुडियो बिर्तामोडले प्रस्तुत गरेको ऊक्त गितको म्युजिक भिडियोमा अनुप शिवाकोटी मुख्य भुमिकामा छन । शिवाकोटीको जिवन्त अभिनयले भिडियोको प्रस्तुतीकरण अझ सशक्त बनेको छ ।

सार्वजनिक भएको छोटो समयमै चौतर्फी चर्चा बटुलेको यस गितलाई ऊल्लेखनिय दर्शकले रुचाएका छन । यसपटक चर्चित गित “सुन साइली” लाई फिचर गरि र्यापमार्फत डेब्यु गरेको र आगामी दिन निरन्तर फरक ढंगका गित सङ्गीत पस्कदै जाने गायक भेटवलले बताए ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय