पित आत्माको चिरशान्ति तथा मोक्षको कामना गर्दै मेचिनगर-१० मा अवस्थित रामघाट दिब्य धामना पितृ मोक्ष कार्यक्रम सन्ध्या आरती, भक्ति र धार्मिक वातावरणका बीच सम्पन्न भएको छ।

कार्यक्रममा भक्तजनहरूले दीप प्रज्वलन गरी भगवान्को आराधना गर्नुका साथै दिवंगत पितृहरूको सम्झनामा पूजा–अर्चना र प्रार्थना गरेका थिए। सन्ध्या आरतीका क्रममा मन्दिर परिसर भजनकीर्तन, शङ्खध्वनि र घण्टीको मधुर आवाजले गुञ्जायमान बनेको थियो।

पितृहरूको स्मरण, आत्माको शान्तिको कामना तथा धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक युवा समाजसेवि साथै समाजिक ब्याक्तित्व प्रकाश खडकाले जानकारी दिनुभयो ।


