Preeti to Unicode

Unicode to Preeti

मेचीनगरमा उज्यालो नेपाल पार्टीको प्रथम वार्षिकोत्सव भब्यताकासाथ सम्पन्न

मेचीनगर। उज्यालो नेपाल पार्टीको प्रथम वार्षिकोत्सव कार्यक्रम मेचीनगरमा सम्पन्न भएको छ। पार्टीको मेचीनगर कमिटीको आयोजनामा मेचीनगर–१५, ज्यामिरगढीस्थित सहिद वीरेन स्मृति प्रतिष्ठानको सभाहलमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो।

मेचीनगर कमिटी अध्यक्ष कोपिला लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्य र अग्निमाया मेचेले पार्टी स्थापना गर्नुको उद्देश्य, संगठनको भावी दिशा तथा आगामी योजनाका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा सामाजिक अगुवा दिलीप सुब्बा, सहिद वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतम, नेपाली कांग्रेसका वडा सभापति सोमराज कटवाल र प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीको प्रथम वार्षिकोत्सवको अवसरमा सफलताको शुभकामना दिनुभएको थियो।

कार्यक्रमको सुरुवात सहिद वीरेन राजवंशीको सालिकमा माल्यार्पण तथा दुईवटा बिरुवा रोपेर गरिएको थियो। पार्टीका मेचीनगर कमिटी उपाध्यक्ष बुधराम हेमरनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कमिटी सचिव केपी सिवाकोटीले गर्नुभएको थियो।

सम्बन्धित
- Advertisment -


लोकप्रिय