Preeti to Unicode

Unicode to Preeti

मेनपा-१५ ज्यामिरगढीमा वडा स्तरिय फुटबल प्रतियोगिता हुँदै

आगामी असोज १७ गतेबाट ज्यामिरगढी युवा क्लबको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान् पर्व विजया दशमीलाई स्वागत गर्दै प्रतियोगिता सञ्चालन हुने लागेको हो।

वडामा रहेका स्थानीय प्रतिभावान् खेलाडीहरूलाइ प्रोत्साहन गर्नका साथै खेलाडी उत्पादन गर्दै समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने मुख्य ऊधेस्य रहेको क्लबका अध्यक्ष असिम श्रेष्ठले जानकारी दिएका छन ।

प्रतियोगिता ज्यामिरगढी माध्यमिक विध्यालयको खेल मैदानमा सम्पन्न हुन गैरहेको महासचिव अनुप शिवाकोटीले बताए । ज्यामिरगढी युवा क्लबले स्थापनाकालदेखि नै खेलकुद गतिविधिका साथै बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय