Preeti to Unicode

Unicode to Preeti

मेरो डान्स युनिभर्स सिजन–२ को टप १० प्रतिस्पर्धी झापाकी सुसाना कोइराला

बिर्तामोड, झापा । मेरो डान्स युनिभर्स सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टप १० मा पुग्न सफल झापाकी सुसाना कोइरालालाई थप अघि बढाउन भोट अपिल गरिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ५ घर भई बिर्तामोडस्थित गुरुकुल नृत्य तथा संगीत विद्यालयकी बिद्यार्थीसमेत रहेकी सुसानालाई भोट अपिल गर्दै परिवारका सदस्य, गुरु तथा शिक्षकले विशेष आग्रहसहित पत्रकार सम्मेलनमार्फत समर्थन जुटाउन आह्वान गरेका हुन्।

गुरुकुलकी संस्थापक कमला नेम्वाङ, सुसानाकी आमा सानु श्रेष्ठ र बिर्तामोडको मोहनमाया माविका शिक्षक मुकुन्द ढकाल, संगीत गुरु तथा संगीत समाज झापाका अध्यक्ष दिपक रायमाझीलगायतले पत्रकारकार सम्मेलनमा सुसानालाई थप अघि बढाउनका लागि भोट गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सुसानाकी आमा सानु श्रेष्ठले भावुक हुँदै भन्नुभयाे, “छोरी सानैदेखि नृत्यप्रेमी थिई । स्कुलका सबै कार्यक्रममा ऊ अग्रसर हुन्थी । ऊ डान्सकै माध्यमबाट चिनिन चाहन्थी, त्यो सपना अहिले साकार बन्दैछ । तर त्यो सपना पुरा गर्न अब सबैको साथ चाहिएको छ ।”

उहाँका अनुसार सुसानाले प्रतियोगितामा ‘फ्याक्जिबिलिटी क्विन’ को उपाधि पनि जितिसकेकी छन्। टप १० मा छनोट भएर टप ८ प्रवेशको यो घडीमा, आमाले सबै अभिभावक, दर्शक र नेपाली जनसमुदायसँग छोरीको सपना साकार पार्न भोट मार्फत सहयोग गर्न आग्रह गर्नुभएकाे छ।

सुसानाका लागि भोटिङकाे समय र प्रक्रिया
सुसानालाई टप ८ मा पुर्याउन असार ३० गते राति १० बजेबाट श्रावण १ गते बेलुका ६ बजेसम्म भोट गर्न सकिने छ ।

भोट गर्नका लागि दुई तरिका अपनाउन सकिन्छः

मोबाइलबाट: MDU 12 टाइप गरी 37000 मा SMS पठाउने।

MY INTRA एपमार्फत: एप डाउनलोड गरी सुसाना कोइरालाको प्रोफाइलमा गएर Vote गर्ने।

सुसानाको परिवारले खासगरी भोट गर्नकालागि रकम सहयोगको अपेक्षा गरेको छ ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय