Preeti to Unicode

Unicode to Preeti

पाथिभरा इन्जिनियरीङ्ग कलेजले सिटिई भिटिई बाट मान्यता प्राप्त ३ र ४ वर्षे डिप्लोमा कोर्षको अध्यापन सुरु गर्ने

झापाको बिर्तामोडमा रहेको पाथिभरा इन्जिनियरीङ्ग कलेजले सिटिई भिटिई बाट मान्यता प्राप्त ३ र ४ वर्षे डिप्लोमा कोर्षको अध्यापन सुरु गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दे इन्जिनियरीङ्ग कलेजले बी इन सिभल इन्जीनियरीङ, बी इन कम्प्युटर इन्जीनियरीङ, ४ वर्षे त्यस्त डिप्लोमा इन सिभल इन्जीनियरीङ, डिप्लोमा इन कम्प्युटर इन्जीनियरीङ, डिप्लोमा इन इलेक्ट्रीकल इन्जीनियरीङ ३ वर्षे कोर्सहरु संचालनमा ल्याएको जानकारी गराएको हो ।

अब आउन लागेको एसइइ को नतिजा लाई ध्यानमा राखेर एसइइ पास गर्ने विद्यार्थीहरुका लागी समेत भर्ना खुला गर्न लागीएको संस्थाका संस्थापक अध्यक्ष, युवराज प्रसाईले जानकारी गराउनु भयो ।

उहाँले प्राविधिक विषयको पढाइ गर्ने अधिकांश विद्याथीहरु रोजगारीमा समेत आबद्ध हुने र पढाई सकेर बैदेशीक रोजगारीमा जादा समेत राम्रो कमाई गर्न सकिने बताउनुभयो । बाईट सेमिस्टारमा पढाई हुने भएकाले पढन र परिक्षा दिन समेत सजिलो हुने कलेजका सिइओ अनज पराजुलीले बताउनु भयो ।

भर्ना शुल्क पनि सस्तो र छात्रवृत्तिसमेत प्रदान गरिने भएकाले यसमा झापाका विद्यार्थीलाई विशेष प्राथमिकता दिएर बसको व्यवस्था समेत गरेको छ ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय