Preeti to Unicode

Unicode to Preeti

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र

जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ ।
फागन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई बिहीबार परिपत्र जारी गरेको हो ।
विभिन्न पार्टी समिति तथा सङ्गठनहरुबाट सङ्गठित पार्टी सदस्य बितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो ।
उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने व्यहोरा समेत जानकारी गराइएको छ ।
सदस्यहरुको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय