झापा | जनमत पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको रुपमा प्रत्यक्ष उम्मेद्वारी दिनु भएका विर्तामोड ४ निवासी रमेश कुमार राजवंशी यतिबेला चुनावी अभियानमा व्यस्त हुनुहुन्छ ।
मतदाताहरुको घरदैलोमा पुग्दै आफ्नो र पार्टीको एजेण्डा अनि प्रतिबद्धताहरु सुनाउदै र मतदाताहरुको समस्य सुन्दै चुनावी प्रचारप्रसार गरिरहनु भएका उहाँ एक कुशल उद्यमी र समाजसेवी पनि हुनुहुन्छ ।
यहि दुई नम्बर क्षेत्रबाट चुनावी मैदानमा उठ्नु भएका अन्य पार्टीका चुनावी प्रचारप्रचार शैली भन्दा तपाईको फरक र शान्ता छ नि प्रचार शैली ? उहाँहरुको अभियानमा त मानिसहरुका भिड अघिपछि लागेर साथ दिइरहेको हुन्छ नी ! भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ :-
“चुनाव भिडले हैन मतले जितिन्छ त्यसैले म मतदाताहरुसंग भेटिरहेको छु र उहाँहरुको समस्यहरुलाई सुन्दैछु पनि ।” बिगतमा जितेर गएका दलहरुले, पहुच र शक्तिभन्दा पर रहेका भुइमान्छेहरुको समस्यहरुलाई वेवस्ता गरेको आरोप लगाउनुहुदै आफ्नो उम्मेद्वारी ती त्यस्ता नागारिकहरुको अभिभावकत्व ग्रहण गर्ने र यो दुई नम्बर क्षेत्रको बिकासमा महत्वपुर्ण भुमिका रहने कुरामा विश्वस्त रहन मतदाताहरुलाई आग्रह पनि गर्नु भयो ।
झापा दुई नम्बर क्षेत्र आफ्नो बासस्थान भएको र यो क्षेत्रसंग आफु परिचित भएको कारणले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतले प्रतिद्धन्दि उम्मेद्धारलाई हराउने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

