Preeti to Unicode

Unicode to Preeti

झापामा उज्यालो नेपाल पार्टीको चुनावी अभियान तीव्र, घिसिङको दाबी

बिर्तामोड । आसन्न निर्वाचन नजिकिँदै गर्दा लोडसेडिङमुक्त ‘उज्यालो नेपाल’ निर्माणमा महत्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले चुनावी अभियानलाई तीव्र बनाएको छ।

चुनावी अभियानलाई सम्बोधन गर्न झापा आएका पार्टी अध्यक्ष घिसिङले देशको राजनीतिमा देखिएको “अन्धकार” अन्त्य गर्न आफ्नो पार्टी नै उपयुक्त विकल्प रहेको दाबी गरे।

उनले जेनेरेशन–जी (Gen Z) का माग र आकांक्षालाई संस्थागत गर्न राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो परिवर्तन पार्टीबीच एकीकरण गरिएको जानकारी दिए।

631043270_1553996302756608_1974939362631860328_n

 उज्यालो नेपाल पार्टी नै जेनेरेशन–जीको वास्तविक प्रतिनिधित्व भएको उनले  बताए ।

अध्यक्ष घिसिङले झापाली मतदाताले अत्यधिक मत दिएर पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले देशमा व्याप्त भ्रष्टाचार र कुशासनका कारण जनताले पटक–पटक दुःख पाइरहेको उल्लेख गर्दै विगतमा अन्य राजनीतिक दलका नेताहरूलाई जिताए पनि अपेक्षित परिवर्तन हासिल हुन नसकेको बताए।

बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा आयोजित प्रचार–प्रसार कार्यक्रममा पार्टीका तर्फबाट उम्मेदवार सिके वेघा, क्षेत्र नम्बर १ का उम्मेदवार नरेश लावती तथा कोशी प्रदेश संयोजक विराज लिम्बू लगायतले सम्बोधन गरेका थिए।

उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ र समानुपातिकतर्फ ‘बासुरी’ रहेको छ।

सम्बन्धित
- Advertisment -



लोकप्रिय