Preeti to Unicode

Unicode to Preeti

एमालेको ११औँ महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयनको तयारी

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बन्दसत्र आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको बन्दसत्रमा देशभरबाट आएका २ हजार २ सय ६२ जना प्रतिनिधिहरू सहभागी छन्।

बन्दसत्रमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। यसक्रममा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि पार्टी नेतृत्वले सकेसम्म सहमतिमै नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएको छ।

नेतृत्व चयनमा सहमति जुट्न नसके विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन प्रक्रियामा जाने तयारी एमालेले गरेको छ। बन्दसत्रमा विधान संशोधन, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायतका एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ।

शनिबार भक्तपुरको सल्लाघारीमा भव्य रूपमा उद्घाटन भएको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयनसँगै सम्पन्न हुने पार्टीले जनाएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय