काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।
संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, सम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुष्मन देशका दुष्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद् कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो।’
यही बखत भएको लिम्बुवानलगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको भनाइ छ। यी सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्थाविरूद्ध रहेको उनले बताए।