Preeti to Unicode

Unicode to Preeti

लघुवित्त ऋणीहरूद्धारा संसद भवन परिसरमा नारबाजी

काठमाडौं  । राजधानी केन्द्रित आन्दोलनका लागि काठमाडौंमा जम्मा भएका लघुवित्त ऋणीहरूले सोमबार संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।

तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरुले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय