Preeti to Unicode

Unicode to Preeti

महाकालेश्वर शिवालय मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम भब्यताका साथ सम्पन्न

मेचीनगर १०, खयरडाँगीमा अवस्थित महाकालेश्वर शिवालय मन्दिरको ३ दिने प्राणप्रतिष्ठा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत असार २२ गते बाट सुरु भएको उक्त कार्यक्रम २४ गते समापन भएको थियो ।

सोहीअनुरुप पहिलो दिन सोमबार भगवानका प्रतिमाहरुलाइ ८ अधिवास लगाई पूजा आरम्भ गरी प्राण प्रतिष्ठाको सुरुवात गरिएको थियो भने दोस्रो दिन बुधबार प्रतिमाहरुलाइ अधिवासबाट उठाइ दशौँ अध्याय सम्मको पाठ सकेर अन्तिम दिन बिहिबार बिहानदेखि पूजापाठ आरम्म गरी लाखबत्ती प्रज्वलन, होमादी र पूर्णवती सम्पन्न गरिएको थियो ।

समापनको दिन बेलुकी पंडित ऋषिराम काफ्लेको मुखारवृन्दबाट भक्तजनहरुले सन्ध्याकालिन भजन किर्तन सहित शिवमहात्मय, गणेश र दुर्गा भवानीका कथा श्रवण गरेका थिए । सोही अवसरमा मन्दिरका पूर्व अध्यक्ष लगायत भजन किर्तन मण्डली परिवारका अध्यक्षहरुलाई सम्मान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

संस्थापक अध्यक्ष स्वर्गिय खगेन्द्र पौडेलको अगुवाईमा थालनी गरीएको महाकलेश्वर मन्दिर प्रारम्भमा सानो स्वरुपमा थियो । क्रमशः यहाँका मन्दिरहरु भत्किदै गएर जिर्ण अवस्था पुगेपछि स्थानीय भक्तजनहरुको पहल र आर्थिक सहायताले गर्दा नै हालको नवनिर्मित भवन संभव भएको मन्दिर समितिका पद्धादिकारी बताउँछन । यहाँ शिवालय मन्दिर, दुर्गा मन्दिर, गणेश मन्दिर लगायत भगवानका प्रतिमाहरु राखिएका छन् ।

मन्दिर निर्माणका निम्ति स्थानिय मुट्ठीदाता र समाजसेवीको सहयोगसँगै प्रदेश सरकारकातर्फबाट समेत पटक पटक गरी २० लाख रुपैयाँ उपल्ब्ध भएको अध्यक्ष केदार खत्री (भान्जा) ले जानकारी दिनुभयो । निर्माण कार्य सम्पन्न भई प्राण प्रतिष्ठा कार्यक्रम गर्न सफल भएको यस धार्मिक स्थल मेचीनगरको सबैभन्दा उत्कृष्ट रहेको उहाँ बताउनुहुन्छ । मन्दिर उद्घाटन गरेपश्चात आगामी दिनमा पुराण लगाउनेसम्मको योजना रहेको समितिका उपाध्यक्ष मिना कुमारी सापकोटा र सचिव सुरेन खातीले जानकारी दिनुभयो ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय