मिति २०८३ साल जेठ ०९ गते परेको अविरल वर्षाका कारण हेवा खोलामा निर्माण गरिएको डाइभर्सन बग्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त अवरोधका विषयमा सडक विभाग तमोर करिडोरका सब–इन्जिनियर हरिवंश चौधरी तथा एपेक्स कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर ई. सागर बुढाथोकीले जानकारी दिनुभएको छ।
सरोकारवाला निकायले वर्षाका कारण क्षति पुगेको डाइभर्सन पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन्। सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा कठिनाइ र निर्माण कार्य ठप्प भएको छ।

