Preeti to Unicode

Unicode to Preeti

तमोर करिडोर सडक अवरुद्ध, चैत ९ गतेबाट सञ्चालनमा आउने

Tamor Corridor अन्तर्गत पर्ने Hewa Khola मा बनाइएको डाइभर्सन बेमौसमी वर्षाका कारण बगाउँदा सडक अवरुद्ध भएको छ । चैत ६ गते राति परेको बेमौसमी वर्षाका कारण हेवा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा तमोर करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । डाइभर्सन बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

सडक मर्मत तथा नयाँ डाइभर्सन निर्माणको काम तीव्र रूपमा भइरहेको र चैत ९ गतेबाट सडक पुनः सञ्चालनमा आउने जानकारी तमोर करिडोरका सब–इन्जिनियर हरिबंश चौधरीले दिनुभएको छ । यस विषयमा निर्माण कम्पनी Apex Construction का तर्फबाट प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर सागर बुडाथोकी लाइ पनि जानकारी गराइएको जनाइएको छ । मौसम अनुकूल रहेमा चैत ९ गतेदेखि सवारी आवागमन पुनः सञ्चालन गरिने तयारी भइरहेको छ । हाल निर्माण स्थलमा एक्स्काभेटर प्रयोग गरी डाइभर्सन निर्माण, सडक सम्याउने तथा खोलाको बहाव व्यवस्थापन गर्ने काम भइरहेको छ ।

सम्बन्धित
- Advertisment -



लोकप्रिय