Preeti to Unicode

Unicode to Preeti

इलाममा तीन दिवसीय पर्यटन पत्रकारिता तालिम आजबाट सुरु

इलाम :  नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तीन दिवसीय पर्यटन पत्रकारिता तालिम आजदेखि इलाममा सुरु भएको छ।

इलाम नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भिलेज होमस्टेमा उक्त तालिम कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले जिम्मेवार, तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष भीम चापागाईंले गर्नुभएको थियो। अध्यक्ष चापागाईंले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त पर्यटन पत्रकारिता तालिममा चार जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको छ। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फीचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँदैछ।

तालिममा पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व अध्यक्ष केशवकुमार धौरालीले प्रशिक्षण दिनुभएको छ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइनेछ। तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी समाचार तथा सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाले जनाएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय