Preeti to Unicode

Unicode to Preeti

महासंघ अध्यक्ष एकराज गिरीसहित तीन पत्रकार सम्मानित

झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहित तीन जना पत्रकार सम्मानित भएका छन्।

वीरता जेसीज सन् २०१८ का अध्यक्ष तथा हाल प्रमुख सल्लाहकारसमेत रहेका गिरीलाई विशेष सम्मान प्रदान गरिएको हो। गिरी नेपाल पत्रकार महासंघ झापाका वर्तमान अध्यक्ष हुनुका साथै पूर्वाञ्चल दैनिकका प्रधान सम्पादकसमेत हुन्।

यसैगरी, मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ संयुक्त रूपमा पत्रकार सुरेन्द्र भण्डारी र टीकाराम बाँस्तोलालाई प्रदान गरिएको छ।

उक्त सम्मान तथा पुरस्कार वीरता जेसीजद्वारा पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय