Preeti to Unicode

Unicode to Preeti

पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन

बिर्तामोड । पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन भएका छन्।

समाजको आज सम्पन्न प्रथम अधिवेशनबाट मेचीनगरका बानियाँ समाजको महासचिवमा सर्वसम्मत चयन भएका हुन्। यसअघि उनी कार्यसमितिमा सचिवको जिम्मेवारीमा थिए।

लामो समयदेखि झापामा सञ्चार क्षेत्रमा सक्रिय बानियाँ पि एण्ड पि मिडिया प्रा.लि. का संचालक हुन्। सो कम्पनीको प्रकाशनमा इझापा डटकम अनलाइन न्यूज पोर्टल संचालनमा रहेको छ।

नेपाल पत्रकार महासंघका सदस्य बानियाँ हाल झापामा रहेको सूर्योदय टेलिभिजनको समाचार संयोजकको रूपमा कार्यरत छन्। साथै, उनी पर्यटन पत्रकार मञ्च झापा र नेपाल खेलकुद पत्रकार मञ्च झापाको कोषाध्यक्ष पनि हुन्। पत्रकार बानियाँ खबरखेती डटकम न्यूज पोर्टलमा समेत आवद्ध छन्।

उनले यसअघि रेडियो सनराइज, सिमाना एफएम लगायतका संचार माध्यममा पनि अनुभव प्राप्त गरेका छन्। संचार बाहेकका क्षेत्रमा समेत लामो व्यवसायिक अनुभव भएका बानियाँ विभिन्न व्यवसायसँग सम्बन्धित सदस्यहरूको बीचमा संचार व्यवसायलाई प्रतिनिधित्व गर्दै समाजमा आवद्ध भएका थिए।

महासचिव चयन भएपछि बानियाँले युवा व्यवसायी समाज झापा व्यवसायीहरूको हितमा काम गर्ने संस्था भएकाले, यसले संचार क्षेत्रका व्यवसायीहरूको प्रवर्द्धनमा पनि भूमिका खेल्ने बताएका छन् ।

युवा व्यवसायी समाज झापा २०८१ साल बैशाख २४ गते व्यवसायिक हित, संरक्षण र सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको हो। आजको प्रथम अधिवेशनले सुसन पराजुलीको नेतृत्वमा संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाले विगतदेखि विभिन्न सामाजिक कामहरूसमेत गर्दै आएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय