कनकाई नगरपालिका अन्तर्गत रहेका दुई क्लब नवजागरण सामाजिक एकता क्लब तथा लियो क्लब अफ कनकाई दुर्गापुरको संयुक्त आयोजनामा आज शनिबार श्रीकृष्ण जन्माअस्टमि विशेष धार्मिक प्रवचन एवं बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कनकाई ७ स्थित सगुन पाटि प्यालेसको सभाहलमा आयोजित उक्त कार्यक्रम नवजागरण समाजिक एकता क्लबका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षतामा एवं कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको कनकाई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटी , वडा नम्बर ७ वडाध्यक्ष भीष्म भूषण सिटौला , कार्यपालिका सदस्य , साहित्यिक चौतारी झापा जिल्ला अध्यक्ष , बजार ब्यबस्थापन समिती प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृष्ण लिला प्रवचन आचार्य पण्डित रसिक रिवाज बाट भएको थियो । कार्यक्रममा विभिन्न तिज विशेष नृत्य , सप्तक संगितालायका बिद्यार्थी द्वारा गायन , कबिता , सास्कृतिक नृत्य लगायतका गतिविधिहरु संचालन गरिएको थियो ।
कार्यक्रममा महिला समुह्ब, किर्तन समूह , स्थानीयबासी , बिद्यार्थी गरि जम्मा १५० बदिको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय अन्कुर उप्रेतीले गरेका थिए , कार्यक्रमको औचित्य माथी प्रकाश लियो क्लब अफ कनकाई दुर्गापुरका उपाध्यक्ष गप्पु अग्रवाल द्वारा गरिएको थियो । भने कार्यक्रम संचालन नवजागरण सामाजिक एकता क्लब सचिव प्रकाश गौतमले गरेका थिए । कार्यक्रममा शुभकामना मन्त्वय राख्ने क्रममा प्रमुख अतिथी लगायत अतिथीहरुले यस् प्रकारको कार्यक्रम युवाहरु द्वारा आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए ।

