बिर्तामोड, १० असार : प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य सावित्रा दाहालले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै प्रेस चौतारी झापाद्वारा स्थापना गरिएको पत्रकार उपचार सहयोग कोषमा नगद पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नुभएकोछ।
बिर्तामोडमा आयोजित कार्यक्रममा उहॅांले फजुल खर्च गरेर जन्मदिन मनाउने चलनलाई तोड्दै उक्त सहयोग प्रदान गर्नुभएको हो । कार्यक्रममा उहॅांले सहयोग रकम उपचार कोषका संयोजक भिमा शिवाकोटीलाई हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ प्रदेशसमिति सदस्य राजकुमार ओली, सदस्यहरू अस्मिता साँखी, रविकिरण वान्तवा, कवि गुरागाईंलगायतको उपस्थिति रहेको थियो।