झापाको मेचीनगरमा नै पहिलो पटक सहकारीले आयोजना गरेको खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगितामा मेचीनगर-१० का शिव सुवेदी प्रथम भएका छन् ।
उक्त प्रतियोगितामा प्रथम सुवेदी, दोस्रो र तेस्रो मेचीनगर-१४ का अनुजा रायमाझी र नम्रता खड्का भएका थिए । विजेता उनीहरुलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
पूर्वीद्वार साकोसका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा सम्पन्न विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा संस्थाका पूर्व अध्यक्ष चेतराज विष्ट (चेतन), निर्णायक समिति सदस्य शारदा शर्मा घिमिरे, संस्थाका लेखा समिति संयोजक गोपालबहादुर राउत, वाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

