बिर्तामोड झापा : इन्भेञ्चर एजुकेशन एकाडेमीले सरस्वति पूजाको अवसरमा विविध सांस्कृतिक कार्यक्रम र पूजा आराधना सहित विद्यार्थीहरुलाई निः शुल्क अक्षरारम्भ तथा विशेष छुटका साथ अन्य कक्षामा नयाँ भर्ना गराएको छ।
छोटो समयमा नै समाजमा अलग पहिचान बनाउन सफल विद्यालयमा अभिभावकको घुँइचो लागेको थियो।
विद्यार्थीले सरस्वतिको बन्धना सहित विविध सास्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए। विद्यालयमा नयाँ भर्ना हुन अउने विद्यार्थीलाई विद्यालयले स्कूल व्याग उपहार स्वरूप प्रदान गरेको थियो। उक्त पावन अवसरमा अक्षरारम्भ गर्ने र नयाँ विद्यार्थी भर्ना संख्या ४५ भन्दा माथि रहेकाले शैक्षिक क्षेत्रमा विद्यालयले ठूलो फड्को मारेको प्रष्ट भएको कुरा विद्यालयका संस्थापक प्रिन्सिपल अमृत बस्नेतले बताए।
निश्चित सिटमात्र रहेकाले अबका दिनमा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीमात्र भर्ना गराउने समेत प्रिंसिपल बताउछन ।