Preeti to Unicode

Unicode to Preeti

झापाको बिर्तामोडमा आरिया कन्सलटेन्सीको नयाँ शाखा सञ्चालनमा

बिर्तामोड, शैक्षिक परामर्श सेवामा क्रियाशील आरिया कन्सलटेन्सीले आफ्नो सेवा विस्तार गर्दै झापाको बिर्तामोड स्थिीत नयाँ भद्रपुर रोडमा अवस्थिीत साथी मेडिकलको तेस्रो तलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विदेश अध्ययन तथा भिसा परामर्श सेवा प्रदान गर्दै आएको यस संस्थाले झापा र आसपासका विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा उपलब्ध गराउने उद्देश्य राखेको आरिया कन्सलटेन्सी झापा शाखाका कार्यालय प्रमुख नारायण पेख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले विदेश अध्ययनका अवसर, छात्रवृत्ति, विश्वविद्यालय छनोट तथा भिसा प्रक्रियासम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । आरिया कन्सलटेन्सीका प्रमुख पदाधिकारीहरूका अनुसार संस्थाले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन उच्चस्तरीय परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । उनीहरूले यो शाखाले विशेष गरी युरोप, अमेरिका, अस्ट्रेलिया, जर्मन, फिनल्याण्ड, लगायतका गन्तव्यका लागि परामर्श प्रदान गर्ने बताएका छन् । कक्षा दैनिक बिहान ६ बजेदेखी बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । आयल्स तथा पिटिई कक्षा पनि सञ्चालन हुने जनाईएको छ । विद्यार्थीहरूका लागि सहज पहुँच र विश्वासिलो सेवा उपलब्ध गराउन बिर्तामोड शाखा प्रभावकारी हुने अपेक्षा गरिएको छ । आगामी दिनमा थप शैक्षिक तथा अभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्ने योजनासमेत संस्थाले अघि सारेको छ ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय