चारपाने । कवि गुरागाई, स्वास्थ्य कार्यालय झापाले दादुरा रुबेला खोप अभियान २०८० को बारेमा जानकारी गराउदै जिल्ला स्तरीय सञ्चारकर्मीहरुको अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
झापाको चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा अयोजित अभिमुखिकरण कार्यक्रममा झापा जिल्ला स्वास्थ्य कार्यलयका निमिक्त कार्यलय प्रमुख रमेश बाराकोटीले खोप अभियानको औचित्यमाथी प्रकाश पार्दै
खोप अभियान फागुन १७ गते देखि चैत ४ गते सम्म झापा जिल्लामा सञ्चालन गरिएने बताउनु भयो ।
झापा जिल्ला भरी १७ सय १७ जना स्वयमसेवक र ३ सय ६९ स्वास्थ्यकर्मी परिचालन गरिने झापा जिल्ला जनस्वास्थ्य अधिकृत पाठकले बताउनु भयो ।
तराईका २१ जिल्लामा ९ महिना देखी १५ बर्षका बालबालिकाहरुलाई यो खोप लगाइदै छ ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी नेपाल प्रतिनिधी डाक्टर संगिता शाहले ज्वरो आएको बेलामा, दिर्धरोग, क्यान्सर र एचआइभी सङक्रमित बालबालिकाहरुलाई दादुरा रुवेल खोप लगाउनु नहुने बताउनु भयो ।