झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम दु्रतगतिमा अघि बढिरहेको परियोजना स्थलमा आयोजीत अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
दश मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरि परियोजना अगाडि बढाएको हो ।
शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले जानकारी दिनु भयो ।
उहाँले ग्रिटको नजिक जग्गा चाइने भएकाले शिवसताक्षी नगरपालिकालाई छनोट गरिएको जानकारी दिनु भयो ।
उहाँले आयोजनाको कूल लागत रु ७९ करोड रहेको जानकारी दिदै ६० प्रतिशत स्थानिय सरकार र ४० प्रतिशत पब्लिकको लगानी रहेको जानकारी दिनुभयो ।
कम्पनीले रु एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।
‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्धक भट्टराईको भनाइ छ ।
यही वर्षको असार मसान्त सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको जानकारी दिनु भयो । यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत २५ वर्ष प्राधिकरणलाई प्रतियुनिट रु ७.३० का दरले बिक्री गर्ने कम्पनीको सरकार संग सम्झौता भइसकेको उहाँले बताउनु भयो ।
परियोजनाको प्रगति अनुगमन गर्दै कम्पनीकी सञ्चालक एवं बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सौर्य तथा एग्रो टुरिजम क्षेत्रको रुपमा बिकास गर्न थप जग्गा खरिद गरिएको जानकारी दिनु भयो ।
उहाँले ७० प्रतिशत काम सम्पन्न भईसकेको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले झापा भरिका १००० जनाको शेयर सदस्यता रहेको जानकारी दिनु भयो । परियोजनामा २१ हजार ८ सय ४० सौर्य प्याल जडान गरिने परियोजनाका इन्जिनियर केशव चापागाँइले जानकारी दिनु भयो ।
उहाँले सौर्य जडानका लागि ¥याफ्टर लगाउने काम ९५ प्रतिशत सकिएको उहाँले बताउनु भयो ।
निर्माण स्थलममै पुगेर कम्पनीका सञ्चालक, नगर प्रमुख पवित्रा महतारा प्रसाई, नारायण प्रसाद पोखरेल, प्रबन्ध सञ्चालक सुभाष भट्टराई लगायत झापाका विभिन्न मिडियाका प्रतिनिधिहरुले संयुक्त रुपमा परियोजनाको प्रगति अनुगन गरेका थिए ।