काठमाण्डाै । आईएमई पेले पहिलो चोटि क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्यूआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘FIRSTQR’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्न सक्नेछन् ।
याे ‘क्यासब्याक’ ग्राहकलाई क्यूआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएकाे आईएमई पेले जनाएकाे छ ।