Preeti to Unicode

Unicode to Preeti

बुट्टाबारी गोल्डकपको पहिलो सेमिफाइनल आज: आयोजक बुट्टाबारी र ब्रदरहुड एफसी फाइनलका लागि भिड्दै

बिर्तामोड । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुने भएको छ। फाइनल प्रवेशका लागि आयोजक बुट्टाबारी युनाइटेड र उदयपुरको ब्रदरहुड एफसी आमनेसामने हुँदैछन्।

बुट्टाबारी युनाइटेडले क्वाटरफाइनलमा भारतको तरञ्जुबारी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। यता, ब्रदरहुड एफसीले झापाको जलथललाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो।

दुवै टोली उत्कृष्ट लयमा रहेकाले फाइनल प्रवेशका लागि हुने आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने आयोजकले जनाएको छ। विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ। बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार तथा कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजक बुट्टाबारी युनाइटेडका पदाधिकारीहरूले जानकारी दिएका छन्।

सम्बन्धित
- Advertisment -



लोकप्रिय