Preeti to Unicode

Unicode to Preeti

“इन्भेन्चर एजुकेसन एकाडेमीमा इन्भेन्चर स्काउट दलको एकरात्रिकालीन क्याम्प तथा दोस्रो दीक्षान्त समारोह सम्पन्न”

झापा । बिर्तामोड स्थित इन्भेन्चर एजुकेसन एकाडेमीमा इन्भेन्चर स्काउट दलद्वारा आयोजित एकरात्रिकालीन क्याम्प तथा दोस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूको नेतृत्व विकास, आत्मअनुशासन, सेवा भाव तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम मिति २०८२ साल मंसिर २६ र २७ गते सम्पन्न भएको हो। क्याम्प कार्यक्रमअन्तर्गत स्काउटका आधारभूत तालिम, टिमवर्क अभ्यास, जिप लाइनको तालिम , बिपिएस अभ्यास , अनुशासन र आत्मनिर्भरता सम्बन्धी गतिविधिहरू सञ्चालन गरिएका थिए।

साथै सांस्कृतिक कार्यक्रम, क्याम्प फायर, अनुभव आदान–प्रदान र समूहगत खेलकुदले सहभागी स्काउटहरूलाई थप उत्साहित बनाएको थियो। कार्यक्रमकै अवसरमा इन्भेन्चर स्काउट दलको दोस्रो दीक्षान्त समारोह पनि आयोजना गरियो।

दीक्षान्त समारोहमा आवश्यक मापदण्ड पूरा गरेका स्काउटहरूलाई दीक्षा प्रदान गर्दै स्कार्फ, ब्याज तथा प्रमाणपत्र वितरण गरिएको थियो। दीक्षित स्काउटहरूले स्काउट प्रतिज्ञा गर्दै समाज र राष्ट्र सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित
- Advertisment -


लोकप्रिय