शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए । उनले भने ‘ यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई बर्ष भित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ ।
कल्पेश्वर महादेबको १०८ फिट अल्लो मुर्ति निर्माण दु्रत गतिमा
सम्बन्धित