काठमाडौं: मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदैछ। आइतबार भएको वार्तामा आज बस्ने गरी टुंगिएको थियो। सरकार र पीडितबीच आज दिउसो पुनः वार्ता हुने छ। आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ। आइतबार भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए। पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने भएका छन्।