Preeti to Unicode

Unicode to Preeti

पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’

लन्डन । युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्दै छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भूउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो । त्यति बेदा यो कटिङ–एज भूउपग्रह थियो । यसलाई ‘बाजे भूउपग्रह’ पनि भन्ने गरिएको छ ।सन् २०११ मा सञ्चालन बन्द भएयता यो भूउपग्रह बिस्तारै बिस्तारै पृथ्वीतिर खसिरहेको छ । बुधवार कुनै बेला यो पृथ्वीको वायुमण्डलभित्र छिर्ने बताइएको छ । यो भूउपग्रह साढे २ टनको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (ईसा)का अनुसार यसको अधिकांश हिस्सा जल्नेछ । तर यसको केही हिस्सा बाँकी रहने सम्भावना भएको बताइएको छ । तर यसको टुक्राटाक्री मानव बस्ती भएको क्षेत्रमा खसेर क्षति गराउने सम्भावना भने न्यून रहेको बताइएको छ । भूउपग्रह समुद्रमा खस्ने अनुमान गरिएको छ ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय