एलन मस्कले मानव इतिहासकै सबैभन्दा ठूलो चमत्कार गरेर देखाएका छन् । हालै मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो र त्यसको जानकारी स्वयं मस्कले नै दिएका थिए । मस्तिष्कमा चिप जडान भएका उनै व्यक्तिले नछोइकनै माउसलाई चलाइदिएका छन् । अर्थात् ती व्यक्तिले केवल सोँचेकै भरमा कम्प्युटर माउसलाई नियन्त्रण गरेका छन् । तत् पश्चात् माउसको कर्सर स्क्रिनको एक छेउँबाट अर्को छेउँमा सरेको थियो ।
रोयटर्सका अनुसार सोसल मिडिया प्लाटफर्ममा भएको कार्यक्रमका क्रममा मस्कले मस्कले उक्त जानकारी सार्वजनिक गरेका हुन् । मस्कका अनुसार कार्यक्रम सफल भएको छ र प्रत्यारोपित व्यक्ति पूर्णरुपमा निको भएका छन् । मस्तिष्कमा चिप प्रत्यारोपणबाट ती व्यक्तिलाई कुनैपनि हानी नपुगेको उनले बताए ।