Preeti to Unicode

Unicode to Preeti

भारतमा नेपाली नागरिकता देखाएरै सिमकार्ड किन्न पाइने

नेपाली नागरिकहरूले भारतमा भारतीय सिमकार्ड लिन पाउने भएका छन् । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । अब नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।नेपालीहरूले । सिम कार्डको भ्यालिडिटी भने बसाइँ अवधि वा भिसा वैधतामा सीमित हुने बताइएको छ । यसअन्तर्गत भारतमा लामो समयसम्म बस्ने भएपनि एक पटकमा सिमकार्डको भ्यालिडिटी अधिकतम तीन महिनासम्मको हुनेछ यस्तो सिममा  अन्तर्राष्ट्रिय रोमिङ अनुमति हुनेछैन ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय