Preeti to Unicode

Unicode to Preeti

बिर्तामोडमा शास्त्रीय संगीतको भव्य प्रस्तुति, सितार–बाँसुरी जुगलबन्दीले दर्शक मन्त्रमुग्ध

बिर्तामोड, झापा — झापाको बिर्तामोडस्थित सप्तक संगीत विद्यालयले शास्त्रीय तथा फ्युजन संगीतको संगम प्रस्तुत गर्दै विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।

सितार, बाँसुरी र तबलाको सुमधुर जुगलबन्दीसहित आयोजित तीन घण्टा लामो कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

4eb1cadc-dfb0-4a94-a768-bc3dfb979961

विद्यालयका सञ्चालक तथा प्रशिक्षक सरोज वत्सको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सितारवादक प्रा. डा. ध्रुवेश चन्द्र रेग्मीको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

सुर्कम ब्यान्डका संस्थापकसमेत रहनुभएका रेग्मी त्रिभुवन विश्वविद्यालयको संगीत केन्द्रीय विभागका पूर्वप्रमुख हुनुहुन्छ। उहाँको गहिरो साधना र शास्त्रीय शैलीले कार्यक्रममा विशिष्ट गरिमा थपेको थियो।

92db18e0-94ae-4451-8c16-04fb3fc98a28

कार्यक्रममा युवा शास्त्रीय बाँसुरीवादक उमेश पण्डितले प्रभावशाली प्रस्तुति दिनुभयो भने तबलामा प्रमोद धितालले कुशल संगत गर्नुभएको थियो। सितार र बाँसुरीको जुगलबन्दीले श्रोताहरूलाई लामो समयसम्म मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. ध्रुवेश चन्द्र रेग्मी नै रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा अग्रज गायक तथा संगीतकार डा. टिका भण्डारी र साहित्य चौतारीका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको उपस्थिति रहेको थियो।

अतिथिहरूले विद्यालयले शास्त्रीय संगीतको संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

a89442d9-8027-4d8d-8fe2-15b2ecccc67e

विद्यालयका संस्थापक सदस्य तथा संरक्षक डा. कुमार सुवेदीले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयले सधैँ विद्यार्थी प्रतिभालाई प्राथमिकतामा राखेर संगीत शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास र सिर्जनशीलता वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन युवा साहित्यकार, गीतकार तथा चलचित्र पटकथा लेखक पुरुषोत्तम भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा अग्रज संगीतकार डा. टिका भण्डारीको विशेष प्रस्तुतीले थप रौनकता प्रदान गरेको थियो।

efbdaccc-ff04-4119-bce0-fcc79b0063f1

कार्यक्रममा सप्तक संगीत विद्यालयका जुनियर विद्यार्थीहरूले सरस्वती वन्दना प्रस्तुत गरेका थिए भने सिनियर विद्यार्थीहरूले रागमा आधारित सरस्वती वन्दना प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुति पनि दर्शकबाट सराहना बटुलेको थियो।

विशेष आकर्षणका रूपमा सुर्कम ब्यान्डले फ्युजन शैलीमा शास्त्रीय तथा उप–शास्त्रीय संगीतलाई वाद्य वादनमार्फत प्रस्तुत गरेको थियो। आधुनिक र परम्परागत संगीतको संयोजनले कार्यक्रममा नयाँ स्वाद थपेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सरोकार खबरका सम्पादक कवि गुरागाईं तथा स्थानीय संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

80c176c9-e360-4aa5-a3dc-0bd70b2c84c2

 

कार्यक्रमका अध्यक्ष सरोज वत्सले आगामी दिनमा पनि यस्ता सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै शास्त्रीय संगीत जटिल र साधनायुक्त विधा भएकाले यसको संरक्षण, प्रवर्द्धन र निरन्तर अभ्यास अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले संगीतमार्फत समाजमा सकारात्मक ऊर्जा र सांस्कृतिक चेतना फैलाउने लक्ष्य विद्यालयले लिएको स्पष्ट पार्नुभयो।

सम्बन्धित
- Advertisment -



लोकप्रिय