यही अगष्ट ७ गते शुक्रबारका दिन साउदी अरेबियाको रियादस्थित एक्जिट–१३ मा भब्य साँगितिक कार्यक्रम हँुदैछ । झापाली समाज साउदी अरेवियाको आयोजनामा हुनलागेको यस वृहत कार्यक्रममा गायिका रचना रिमालको धमाकेदार प्रस्तति रहने आयोजक पक्षले बताएको छ ।

झापाली समाज–साउदी अरबियाको तेस्रो महाधिवेशनको अवसर पारेर वृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको हो । नेपाली समुदायबीच भेटघाट, आपसी सद्भाव, भाइचारा र एकताको भावना सुदृढ गर्ने यो विशेष अवसरसमेत रहेको समाजका वर्तमान अध्यक्ष रविन गिरि बताउनुहुन्छ । तसर्थ साउदी अरेवियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सपरिवार सहभागी भई कार्यक्रम भब्यताका साथ सफल बनाउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

कार्यक्रममार्फत हुने आम्दानीबाट सम्पूर्ण खर्च कटाएर बचेको रकम वृद्धाश्रमलाई सहयोगस्वरूप प्रदान गरिने भएकाले केवल मनोरञ्जनमा सीमित नभई सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान पुग्ने आयोजक पक्षको भनाई छ ।

आगामी सोमबार दिनको ठिक १२ बजेबाट सुरु गर्ने भनिएको यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गिरिले जानकारी दिनुभयो । साथै उहाँले कार्यक्रममा सहभागी भई मनोरञ्जनसँगै मानव सेवाको यस पुण्य कार्यमा हातेमालो गर्न सबैमा आग्रह गर्नुभएको छ ।



