Preeti to Unicode

Unicode to Preeti

सिम्रनको तिजगितले लोकप्रियता बटुल्दै, प्रवासमा रहेर पनि यति धेरै संगितमोह

सुरिलो स्वरकी धनी उषा मलाहा सिम्रनको स्वरमा सुसज्जित केही दिनअघिमात्र सार्वजनिक भएको चट्टै पारेर बोलको तिजगित ले उल्लेखनिय दर्शकको मन जित्न सफल भएको छ । रिलिज भएको छोटो समयमै सामाजिक सञ्जाल युटुबमा यसलाई साढे तिनलाख बढी दर्शकले हेरिसकेका छन भने गित अत्याधिक मन पराएको प्रतिक्रिया पनि भिडियोमा देख्न सकिन्छ ।

चर्चित गितकार डिपि खनालले रचना गर्नुभएको उक्त गितमा देवेन्द्र बरालको संगित रहेको छ भने यसलाई विश्व अधिकारीले संगित संयोजन गर्नुभएको हो । भिडियोतर्फ चर्चित कलाकार सुनिशा बजगाई र शुशिला थापाको मुख्य अभिनय रहेको छ । गितको अडियो भर्जन जति सुमधुर छ तिज विशेष अवधारणा सहित सशक्त कलाकारको अभिनयले भिडियोलाई उत्तिकै आकर्षक बनाएको छ । तिज आउन केही समय बाँकी रहेपनि सोहीबखत सम्पूर्ण काम एकैपटक सम्भव नभएकाले पूर्वतयारीसहित तिजअघि नै भिडियो सार्वजनिक गरेको गायिका मलाहा बताउछिन् ।

पूर्वी जिल्ला झापाको धुलावारीमा जन्मिएकी गायिका उषा बाल्यकालदेखि नै गित संगितमा रुचि राख्थिन । अत्याधिक संगित मोहकै कारण उनले राजधानी काठमाडौँलाई कर्मथलो बनाई उनले डेढ दर्जन बढी गित गाइसकेकी छिन भने चलचित्रको गितमा समेत उनको आवाज सुन्न सकिन्छ । । बैना, आकांक्षा, वास्तुशास्त्र लगायतका चलचित्रमा स्वर दिइसकेकी उनले थुप्रै अवार्डहरुसमेत प्राप्त गरेकी छिन् । हिमालयन इन्टरनेश्नल अवार्ड २०२१, नेशनल क्यापिटल अवार्ड २०७७, नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ उनले प्राप्त गरेका मुख्य अवार्डहरु हुन् । यसबाहेक थुप्रै संघ संस्थाबाट उनी सम्मानीत भइसकेकी छिन् ।

कुनै समय रेडियो प्रस्तोताको समेत परिचय बटुल्न सफल उनले केही समय रेडियो अन्नपूर्णमा आरजेको रुपमा समेत काम गरिन् । तत्पश्चात कामको शिलशिलामा अमेरिकातर्फ प्रस्थान गरेकी उनी त्यहाँ रहेर पनि आफनो सँगितिक करिअरलाई अघि बढाइ नै रहेकी छिन् । संगितप्रति अथाह लगाव भएकी उनी विश्वको जुनसुकै कुनामा पुगेपनि सांँगितिक करिअरलाई निरन्तरता दिने बताउँछिन् ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय