शिल बहादुर राई उनी झापा गौरादह नगरपालिका वडा नं ७ निवासी हुन्। उनले आफुले कसरी आफ्नो गाउँ, ठाउँ र देशलाई नै कसरी आफ्नो ठाउँबाट योगदान पुर्याउन सकिन्छ भनेर उनले लामो समय देखि समाजमा सबैलाई सुन्दर पाठ सिकाउँदै आइरहेका छन्।
उनले सरकारी विद्यालयमा अध्ययन गरिरहेका कमजोर वर्गका बालबालिकालाई निःशुल्क टिउसन पढाउने र आर्थिक अवस्था नाजुक भएका पढ्न चाहाने विधार्थीहरुकालागि शैक्षिक सामाग्री कापी कलम हस्तान्तरण गरी पढ्ने बाबु नानी बाबुलाई हौसला प्रदान गर्ने काम गरेका छन्।
गाउँमा कसैलाई अफ्ठ्यारो भए आफुले मनैबाट उपचारका आर्थिक सहयोग,गरिब परिवारमा राम्रो आवास गृह नहुँदा उनकै पहल पिडित परिवारलाई आवास गृह निर्माण गरिदिएका छन्।
र हालै सामाजिक समस्या समाधानका लागि आम उपभोक्ताको विषयको रुपमा रहेको खानेपानी संस्थाको विषयलाई पनि उपभोक्ताको हितमा आवाज उठाइरहेका छन्।उनले समाजमासुन्दर नमुनाको रूपमा काम गरिरहेका छन्। र उनले आफु ईमान्दार भई आम जनताको हितमा काम गर्ने चाहना रहेको पनि बताए।

