राजनीति

केशव देवकोटाद्धारा केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा

नेकपा (एमाले) सिन्धुलीका लोकप्रिय नेता केशव देवकोटाले जारी एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । महाधिवेशन स्थलमा संवाददाताहरुसँग कुरागर्दै नेता देवकोटाले दशौं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

चितवनको सौराहामा हुने बन्द सत्रमा प्रवेश गर्नु अघि नेता देवकोटाले सिन्धुली जिल्लाका तर्फबाट उम्मेदवारी घोषणा गर्दै देशभरका प्रतिनिधीहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपील गर्नुभएको हो । एमालेको राजनीतिमा निरन्तर लागि रहेका देवकोटाले नेकपा एमालेले लिएको नीति, सिद्धान्त र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको अठोट पुरा गराउनका लागि सिन्धुली जिल्लाका तर्फबाट आफु उभिएको बताउनुभएको छ ।

उहाँले सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गराउन र एमाले लाई एक नम्बरको पार्टीका रुपमा स्थापित गराउँने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो । संवाददाताहरुसँगको कुराकानीमा नेता देवकोटाले नेकपा एमालेलाई सबै अट्ने र समेटिने पार्टीका रुपमा स्थापित गराउन आश्वयक रहेको उल्लेख गर्नुभयो ।

चुनाब भएमा चुनाब लड्ने र सहमति बने सहज नेतृत्वकाे निर्णय स्वीकार गर्ने मनस्थितीमा रहेका देवकाेटाकाे राजनितिक यात्रा ।

– २०३६ देखि बिधार्थी संगठनबाट राजनिति प्रारम्भ

– २०४० देखि युवा संगठनमा आबद्व भएर विभिन्न जिम्मेवारी निर्वाह

– २०४९ काे स्थानीय निर्वाचनमा नेकपा(एमाले)काे तर्फबाट तत्कालिन भिमेश्वर गाबिस अध्यक्षमा निर्वाचित

-२०५४- २०६३ सम्म नेकपा(एमाले) सिन्धुलीकाे सदस्य देखि सचिब सम्मकाे भुमिका निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गरेकाे ।

– नेकपा(एमाले) २०६५ फाल्गुणमा सम्पन्न आठाैं महाधिवेशन मार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएर जनकपुर अञ्चल इन्चार्जकाे जिम्मेवारी निर्वाह गरेकाे ।

– नेकपा(एमाले) २०७० मा सम्पन्न नबाै महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपनि केन्द्रीय सल्लाहकार परिषदकाे जिम्मेवारीमा रहेर निरन्तर पार्टी काममा क्रियाशिल रहेकाे ।

Comment here