राजनीति

गुट रहित पार्टी बनाई जिल्लामा कांग्रेसलाई पहिलो पार्टी बनाउछु : पोख्रेल

सिन्धुली, १९ भदौ / नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका प्रभावसाली नेता उपेन्द्र पोख्रेलले सभापतिको उमेदवारी घोषणा गर्नु भएको छ । शुक्रबार उहाँले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गर्नु भएको हो ।
आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा सभापतिमा दावि घोषणा गरेको हुँ उहाँले भन्न्नुभयो ‘जिल्लामा पार्टीलाई गुटले कमजोर बनाएको छ, देशका अप्ठेरो अवस्थामा सदैव निकास दिदै आएको कांग्रेस गुटले नै जिल्लाको स्थानीय तहमा नेतृत्व कम र प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको छ ।’
म कार्यकर्ताको बलमा पार्टी सभापति पदको उम्मेदवारको रुपमा आफुले उम्मेदवारी घोषणा गरेको र कार्यकर्ताले आफुलाई विजयी बनाउने त्यसपछि पार्टीलाई जिल्लाको पहिलो शक्तिको रुपमा स्थापित गर्ने योजना लिएको छु उहाँले भन्नुभयो । गरिव, किसान, मजदुर, लगाएत सवैको साझा पार्टीको रुपमा कांग्रेसलाई अघि बढाउनेछु ।
कार्यकर्ताको संरक्षण गर्दै सवै नेता र कार्यकर्तालाई एक ढिक्का गरेर आसन्न स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसले गुमाएका स्थानहरुमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउने उहाँको उद्घोष छ । उहाँले भन्नुभयो ‘हाल पार्टी नेतृत्वले कार्यकर्तामाझ पुग्न सकेको छैन, पार्टीको नीतिबारे गाउँ गाउँमा रहेका कार्यकर्तालाई समेटन नसकेको अवस्थामा पार्टी प्रति विश्वास जगाउदै पार्टीलाई बलियो बनाउनेछु ।’
राजनीतिलाई पेसा ठानेर आफुले लाभ लिने प्रचलन बढेको भन्दै उहाँले योग्य र समाज सेवामा योगदान गर्न सक्ने व्यक्ति राजनीतिक पार्टीको नेतृत्वमा रहनु पर्ने बताउदै समाज पार्टीका अन्य पदमा सेवागर्न सक्ने व्यक्तिलाई आफुले साथ दिनेछु । आफुले यस अघि पनि पार्टीले दिएको सवै जिम्मेवारीहरु कुसलतापूर्वक गर्दै आएको बताउदै सभापतिको पदमा कार्यकर्ताहरुले मलाई विजयी गराउने उहाँले बताउनुभयो ।
उहाँले भन्ननुभयो ‘कांग्रेसको इतिहास जतिगौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ मैले सभापतिमा उमेदवारी घोषणा गरेको हुँ, हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आमनिर्वाचनमाहामी कम्युनिष्ट भन्दाकमजोर हुनपुगेका हौँ ।’ अव आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुने उहाँले बताउनुभयो । आफु स्वस्थ र शालिन प्रतिस्पर्धाबाट कांग्रेसको छवि उचाइमा पु¥याउने दृढ संकल्पका साथ अघि बढेको सभापतिका दावेदार पोख्रेलको भनाई छ ।
नेपाल विद्यार्थी संघको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवत्ता, निर्विरोध पार्टी सचिव, २०५४ सालमा वडा नं. ५ को वडा अध्यक्ष, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य, निरन्तर २८ बर्ष देखी पार्टीको नेतृत्वदायि भुमिकामा रहेको पोख्रेल कांग्रेस कार्यकर्तामाझ एक प्रभावसाली नेताका रुपमा स्थापीत रहदै आएका छन् ।

 

Comment here