साहित्य

कविता : दिउ अरुलाइ नै दोष दिउ !

सकिनौ !
बिद्यार्थीलाई बुझाउन सकिनौ
अभिभावकलाई बुझाउन सकिनौ
शिक्षक आफैले पनि बुझ्न सकिनौ
त्यसैले,
A र A प्लस आयो भन्छौ
खै ! न JP बुझाउन सक्यौं
खै ! न JPA बुझाउन सक्यौं
मात्रै हामीले बुझाए छौँ
हामीले सिकाए छौँ
A ल्याउनु पर्छ !
A प्लस ल्याउनु पर्छ भनेर !!

 

आयो !
नतिजा आयो
सामाजिक संजाल भरी
बधाईले छायो
खै ! हामीले के सिकायौ?
खै! हामीले के बुझायौ?
केवल हामीले बुझायौ
बढी नम्बर ल्याउनु पर्छ
A र A प्लस ल्याउनु पर्छ भनेर
त्यसैले त आज सर्बत्र छाएको छ
बजार भरि चर्चा पाएको छ
A अनि A प्लसले !
पाएनौं !
हामीले सिकाउन पाएनौं
हामीले सिकाउन भ्याएनौ
मानवीयता, धर्म र संस्कृती
दया, करुणा र ज्ञान !
सक्छौ त हामी केबल
दोष दिन र देखाउन !
शिक्षकले अभिभावकलाई दोष देखाउछौ
अभिभावकले सरकारलाई
सरकारले शिक्षकलाई
बिद्यार्थीले राजनीतिलाई
बिज्ञले पाठ्यक्रमलाई !
सकेनन् !
बिद्यार्थीले सकेनन्
शिक्षकले सकेनन्
बिज्ञले सकेनन्
अभिभावकले सकेनन्
अनि ! के सक्नु सरकारले ?
दिउ !
कति सकिन्छ ?
दोष चै अरुलाई नै दिउ
त्यसैमा मज्जा लिउ
आखिर बिग्रने, भत्किने, नास हुने कस्को हो र ?
अरुलाइनै आरोप लगाउदा पार पाइन्छ भने
दिउ ! अरुलाइनै दोष दिउ !
त्यसैमा आनन्द लिउ !!!
लोकमणि तिमलसिना
मिति: २३ श्रावण, २०७८

Comment here