समाचार

प्लानद्धारा कोभिड संकट ब्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान

सिन्धुली, २३ असार / मंगलबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्लान इन्टरनेश्नल नेपालको आयोजनामा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले आवश्यक स्वास्थ्य सामाग्रि कोभिड संकट व्यवस्थापन केन्द्रलाई प्रदान गरेको हो ।

जिल्ला पशासन कार्यालय परिसरमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमका विच प्लान इन्टरनेशनल नेपालका जिल्ला प्रतिनिधि मिना नापित र ह्याण्डस नेपालका अध्यक्ष बासुदेव अधिकारी बाट संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई समाग्री हस्तान्तरण गरिएको हेण्ड्स नेपालका सिकाई परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढ्न थालेको अवस्थामा हेण्डस नेपालले प्लान इन्टरनेश्नल नेपालको सहयोगमा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हेण्ड्स नेपालका अध्यक्ष बासु अधिकारीले जानकारी दिनुभयो ।

प्लान इन्टरनेशनल नेपालद्धारा विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड १९ यस सिन्धुली जिल्लामा पनि तिब्र गतीमा फैलिरहेकोले सोको रोकथाम तथा प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री केन्द्रलाई उपलब्ध गराईएको उहाँको भनाई छ । कोभिड संकट व्यवस्थापन केन्द्रलाई एन्टिजिन किट १५० पिस, सर्जिकल मास्क १२ हजार पिस, केएन ९५ मास्क १०० पिस, ५०० एमएलका स्यानीटाइजर २०० बोतल, फेस शिल्ड ५३० पिस, पिपिइ सेट २०० पिस, ग्लोभ्स ४०० पिस गरि ४ लाख ९९ हजार ३५६ मुल्य मराबरको स्वस्थ्य सामाग्रि प्रदान गरिएको छ।

 

Comment here