समाचार

कोभिड–१९ अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान

सिन्धुली, २३ असार /  प्लान इन्टरनेश्नल नेपालको आयोजनामा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले  कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालका जिल्ला प्रतिनिधि मिना नापित र ह्याण्डस नेपालका अध्यक्ष बासुदेव अधिकारी बाट संयुक्त रुपमा अस्पताल विकास समितिक अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गर्नु भएको हो ।

बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवालको आतिथ्यतामा स्वासथ्य सामाग्री अस्पताललाई प्रदान गरिएको हेण्ड्स नेपालका सिकाई परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

अस्पताललाई अक्सिजन कनेक्टर ५ लिटरका ५ थान, अक्सिजन कनेक्टर १० लिटरका ३ थान, अक्सिजन सिलिण्डर २० थान, आइसियु वेड १ थान, माक्स, सेनिटाईजन, फेस सिल्ड लगायतको सामाग्रीहरु उपलब्ध गराईएको छ ।

विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड १९ सिन्धुली जिल्लामा पनि तिब्र गतीमा फैलिरहेकोले सोको रोकथाम तथा प्रतिकार्यको लागि जिल्ला अस्पताल कोभिड युनिटलाई हस्तान्तरण गरिएको तिमल्सिनाले जानकारी दिनुभयो । सिन्धुली अस्पताल कोभिड युनिट सिन्धुली लाई १८ लाख ३४हजार ८ सय ८९ रुपैया ४० पैसा बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

प्लान इन्टर नेश्नल नेपाले कोभिड संक्रमण नियन्त्रणका लागि अस्पताललाई स्वास्थ्य सामाग्री पद्रदान गर्दा संक्रमितको उपचारमा सहज भएको अस्ताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले बताउनुभयो । पोख्रेलले प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस नेपालले अहिले सिन्धुली अस्पातललाई दिएको अक्सिजन सिलिण्डर २० थान , माक्स, सेनिटाईजन, अक्सिजन कन्सेक्टर,आईसियू वेड, फेस सिल्ड लगायतको सामाग्रीहरुले अस्पातलका स्वास्थ्य कर्मीहरुको औसल्ला बढेको बताउनुभयो ।

Comment here