समाचार

गोलन्जोरमा कृषकलाई राँगा र बोका वितरण

सिन्धुली,२२ असार÷जिल्लाको गोलन्जोर गाउँपालिका–२ का कृषकहरुलाई १२ लाख रुपैयाको व्याडे बोका र व्याडे राँगा वितरण गरिएको छ । वडाका गरिव तथा विपन्न परिवारलाई उन्नत जातको व्याडे बोका १९ वटा र व्याडे राँगा १३ वटा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को गाउँसभावाट यस वडाको लागी १२ लाख रुपैया यस कार्यको लागी विनियोजन गरेको थियो । वडाले ७ लाख रुपैयाको राँगा र ५ लाख रुपैयाको बोका खरिद गरी वितरण गरेको वडा अध्यक्ष दलौत कार्कीले बताए ।

दुई नम्बर वडामा अधिकांस कृषकहरु बाख्रा र भैसि पालेर जिविकोपार्जन गर्ने भएकाले गरिव विपन्न परिवारलाई पशु प्राविधिकको सल्लाह अनुसार उन्नत जातको बोका र राँगा वितरण गरिएको कार्कीले बताए ।

Comment here