समाचार

दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

सिन्धुली, २१ असार / हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार किसानहरुलाई प्रोत्साहन रकम वितरण गरेको छ ।
दुध उत्पादन गरि सहकारी मार्फत दुध विक्रि गर्दै आएका किसानलाई सहकारीले प्रोत्साहन रकम वितरण गरेको हो ।

शनिबार गरिएको कार्यक्रममा भेटनेरी अस्पताल तथा पशु विज्ञ केन्द्रका बरिष्ठ पशु चिकित्सक गौरीमान श्रेष्ठले प्रोत्साहन रकम किसानलाई वितरण गरेका थिए ।

उनले किसानलाई प्रोतसाहन रकम वितरण गर्दै भने ‘आज तपाईहरुले प्राप्त गरेको रकममा तपाईहरुको ठुलो मेहनत त छैन तर तपाईहरुलाई व्यवसाय बृद्धि गर्न धेरै मद्धत गरेको छ ।’ बागमती प्रदेश सरकारले तपाईहरुलाई व्यवसाय प्रति थप जिम्मेवार बनाउन प्रति लिटर दुई रुपैंयाका दरले प्रोत्साहन रकम दिएको छ मलाई लाग्छ आज लिएको भन्दा दोब्बर प्रोत्साहन रकम तपाईहरुले आगामी बर्षमा लिनु हुनेछ ।

हिजो कृषि कर्म गर्नेहरु लजाउनु परेको थियो तर आज किसानको कर्मलाई राज्यले सम्मान गरिदै आएको छ जस्ले गर्दा म कृषक हुँ भन्न लजाउनु पर्दैन उनले भने खुलेर भन्नुहोस म किसान हु अव तपाईहरुले छिट्टै कृषक परिचय पत्र पाउनु हुनेछ ।

व्यवसायिक रुपमा भैसी पालन गरि दुध उत्पादन गर्दै आएका साना किसानलाई बागमती प्रदेश सरकारबाट प्राप्त भएको प्रोत्साहन रकम किसानलाई हस्तान्तरण गरिएको हातेमालो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध भई सहकारीलाई दुध उपलब्ध गराउने ६७ जनालाई प्रोत्साहन रकम हस्तान्तरण गरिएको छ ।

सहकारी मार्फत दुध विक्रि गर्दै आएका किसानलाई प्रति लिटर दुई रुपैंयाका दरले प्रोत्साहन रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनले भने ‘आर्थिक बर्ष २०७६÷०७७ मा सहकारीलाई दुध विक्रि गर्दै आएका किसानलाई बागमति प्रदेश सरकारबाट प्राप्त प्रोत्साहन रकम किसानलाई नै वितरण गरेका हौ । सहकारीलाई सात लिटर मात्र दुध दिने अन्तरिमाया लामालाई १४ रुपैंया वितरण गरिएको छ भने सवै भन्दा धेरै दुध वितरण गर्ने कमलामाई नगरपालिका २ भद्रकालिकी किसान निर्मला गौतमलाई २३ हजार ८८८ रुपैंया वितरण गरेका छौ उनले भने ।

प्रोत्साहन रकम वितरणमा संस्थाका अध्यक्ष विश्वकर्माले भने ‘हिजो सहकारीबाट सहुलियत ऋण लिएर भैसि किनेका किसानलाई, प्राविधिक, पशुको विमा, लगाएत सवै किसानका समसया समाधान गरि गुणस्तर दुध उत्पादनमा लग्यौ, तर सहकारीलाई गुणस्तर दुध दिन नसक्ने किसानले अव प्रोत्साहन रकम पाउने छैनन् ।’ अवको आर्थिक बर्षबाट प्रदेश सरकारले दुधमा आत्मनिर्भर बन्न किसानलाई प्रोत्साहनका लागि प्रति लिटर ३ रुपैंया दिने व्यवस्था लागु गर्न खोजेको छ । सिन्धुलीमा हाल सम्म दुई वटा सहकारीले मात्र किसानलाई प्रोत्साहन रकम वितरण गर्दै आएको उनले बताए ।

साथै सहकारीमा अवद्ध शेयर सदस्यहरुलाई ३ प्रतिशत व्याजदरमा लगानी गर्ने समेत सहकारीले जनाएको छ ।

 

Comment here