जीवन सैलीसमाचार

मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण

सिन्धुली / यहाँको मरिण गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसक –कोभिड–१९) को संक्रमण पालिकामा अझै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सिसिएस सिन्धुलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

Calgary Nepalese Community Association Canada (CNCA), Nepali Heritage Charity Foundation Canada (NHCF) and Covid-19 Rapid Action Taskforce Nepal (C-19 RAT) को सहयोगमा सामुहिक सरोकार समाज (सिसिएस) सिन्धुलीले मंगलबार मरिण गाउँपालिका सिन्धुलीमा रहेको कोभीड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु गाउँपालिका अध्यक्ष आदरणीय पानीराज बंम्जनलाई हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष नवराज पहाडीले मरिण गाउँपालिका सिन्धुलीमा रहेको कोभीड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको जानकारी दिए ।

मरिण गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गर्न क्यालगरी नेप्लिज कम्युनिटी एसोसियसन क्यानाडा, नेपाली हेरिटेज च्यारिटी फाउण्डेशन क्यानाडा र रयापीड एक्सन टाक्सफोर्स नेपालले अक्सिमिटर ५ पिस, थर्मल गन ५ पिस, मास्क १५ बक्स, पिपिइ सेट १२ थान, ग्लोभ्स १० बक्सा, क्लोरिन १० लिटर, फेस शिल्ड १० पिस, ५०० एमएलका स्यानीटाईजर १० बोतल सामाग्रीहरु संस्थालाई उपलब्ध गराएकाले सामुहिक सरोकार समाजले हस्तान्तरण गरेको जानकारी दिए ।

स्वास्थ्य सामाग्री ग्रहरण गर्दै गाउँपालिका अध्यक्ष बम्जनले मरिणका जनतालाई कोरोनाभाइरसको संक्रमण हुन नदिन र संक्रमण भएकालाई पनि संक्रमण मुक्त बनाउने स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्ने सामुहिक सरोकार समाज सिन्धुली र सामाग्रही हस्तान्तरण गर्न आर्थिक सहयोग गर्ने क्यालगरी नेप्लिज कम्युनिटी एसोसियसन क्यानाडा, नेपाली हेरिटेज च्यारिटी फाउण्डेशन क्यानाडा र रयापीड एक्सन टाक्सफोर्स नेपाललाई धन्यबाद दिए ।

लामो समय सम्म कोभिडको संक्रमण रही रहेको अवस्थामा गाउँपालिकाले जनताको सुरक्षार्थ आवश्यक कदमहरु लिई रहेको बताउदै दातृ निकाय बाट प्राप्त सहयोगले कोरोनासंगको लडाईमा थप वल प्राप्त भएको उनले बताए ।

गाउँपालिकालाई धेरै गैर सरकारी संस्थाहरुले कोभिड नियन्त्रणका लागि आवश्यक सहयोग गरेको उल्लेख गर्दै प्राप्त स्वास्थ्य सामाग्रीले स्वास्थ्य सामाग्री व्यवस्थापनमा गाउँपालिकालाई सहज भएको बताए । पालिकाको स्रोत साधनले भ्याए सम्म कोभिन नियन्णका लागि सवै प्रयासहरु जारी राखेको र गैर सरकारी संस्थाहरुले पालिकाको समन्वयमा स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको समेत जानकारी दिए ।

यस कार्यमा सहगोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत विमल पोख्रेल, स्वास्थ शाखा प्रमुख मधु लाखे, नबराज बराल, सुदीप केसी लगाएतको सहभागिता रहेको थियो ।

Comment here