जीवन सैलीसमाचार

सिसिएसको पहलमा सिन्धुली अस्पतालमा विग्रिएर रहेका मेसिन मर्मत

सिन्धुली, १० असार २०७८

सिन्धुली अस्पतालमा विग्रेर रहेका स्वास्थ्य उपकरणको बिहीबार मर्मत गरिएको छ । सामुहिक सरोकार समाज सिन्धुलीको साझेदारीमा बायो मेडिकल इन्जिनियरिङ फाण्डेशन नेपाल काठमाण्डौको प्राविधिक सहयोगमा स्वास्थ्य उपकरण मर्मत गरिएको हो ।

कोरोना भाइरसका सङ्क्रमितहरू थपिँदै गएको अवस्थामा स्वास्थ्य उपकरण मर्मत गर्नु पर्ने अवस्थामा रहेका उपकरणहरूको मर्मत गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मसिमो अक्सिमिटर १, प्याटेन्ट मनिटर ५ थान, इसिजि मेसिन २ थान, सक्सन पम्प ४ थान, वाटर डिस्पेन्सर २ थान, निवुलाइजर ४ थान, पेरी लाइट १ थान र अक्सिजन फ्लोमिटर २ थान मर्मत गरिएको छ । बिग्रिएको अवस्थामा स्वास्थ्य उपकरणहरू मर्मत गरि सुचारु गर्न सकिने उहाँको भनाई छ ।

जिल्लामा पहिलो पटक गैर सरकारी संस्थाले स्वास्थ्य उपकरण मर्मत गरि नागरिकको उपचारमा सहज पु¥याउने काम गरेको हो । आर्थिक तथा प्राविधिकको अभावमा मर्मत हुन नसकेका स्वास्थ्य उपकरण अस्पताल परिसरमा नै मर्मत हुँदा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ ।

सिन्धुली अस्पतालले सामुहिक सरोकार समाजलाई उपलब्ध गराएको विवरणका आधारमा प्राविधिक वोलाई स्वास्थ्य उपकरण मर्मत गरिएको बताइएको छ ।

 

Comment here