समाचार

स्काउटको स्थापना दिवसमा दुधौलीमा दीप प्रज्वलन

सिन्धुली, ५ असार २०७८

जिल्लाको दुधौली नगरपालिकामा शनिवार दीप प्रज्वलन गरिएको छ । नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो ।

नेपाल स्काउट दुधौलीले दुधौली नगरपालिका १ मा रहेको नवज्योति माध्यमिक विद्यालय गिचिहानी परिसरमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा दुधौली नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडा अध्यक्ष रितेश राउत, स्थानीय तीर्थ बराल, लालबहादुर बुढाथोकी, प्रभुनाथ प्याकुरेल, डिल्ली सौगात घिमिरे लगाएत स्थानीय, बुद्धिजीवी, समाजसेवी एवं शुभेच्छुक लगाएत स्काउटका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

नेपाल स्काउट दुधौली नगरपालिकाकामा संयोजक तुलसीराम सापकोटा, सदस्यहरु हरिहर थापा मगर, सानु पौडेल, सुलोचनासिंह ठकुरी, प्रकाश बास्तोला, शोभित फनेत, शंकर ढुंगाना, पियुसकुमार दनुवार र शैलेन्द्र घिमिरे रहनु भएको छ ।

Comment here