शिक्षासमाचार

१५ विद्यालयलाई हेण्ड्सद्धारा आइसिटि सामाग्री प्रदान

सिन्धुली, ४ असार / मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले कमलामाई नगरपालिकाका १५ विद्यालयलाई आइसिटि सामाग्री प्रदान गरेको छ ।

प्लान इन्टर नेश्नल नेपालको आर्थिक सहयोगमा सिकाई परियोजना अन्र्तगत कमलामाई नगरपालिका मार्फत हेण्ड्स नेपालले विद्यलयलाई आइसिटि सामाग्रि प्रदान गरेको हो ।

शुक्रबार हेण्ड्स नेपालका अध्यक्ष बासु अधिकारीले कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीलाई एक कार्यक्रमका विच आइसिटि सामाग्री हस्तान्तरण गर्नु भएको थियो । नगरपालिकालाई प्राप्त आइटि सामाग्रिं नगरका विद्यालयलाई प्रदान गरिएको हेण्ड्स नेपाल सिन्धुलीका सिकाई परियोजना संयोजक प्रमोद लिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्री गौमति मावि, माढिबजार, कमलामाई –६, सिन्धुली, श्री सिद्धबाबा मावि पानीट्याकीं कमलामाई –६, सिन्धुली, श्री बरुणदेवी मावि दर्लामी खटर कमलामाई –६, सिन्धुली, श्री ज्ञानोदय मावि भिरगाँउ कमलामाई ११, सिन्धुली, श्री जनजागृती मावि निबुवाटार कमलामाई –२, सिन्धुली, श्री सरसस्वती आधारभूत विद्यालय रिठ्ठाबोटे कमलामाई –१२, सिन्धुली, श्री आधारभुत विद्यालय थाक्लेडाँडा कमलामाई –७, सिन्धुली, श्री कमला आधारभूत विद्यालय तिनतले कमलामाई –८ सिन्धुली, श्री सिद्धकाली आधारभूत विद्यालय केवरे कमलामाई –२, सिन्धुली, श्री जनकल्याण आधारभूत विद्यालय मडाहा कमलामाई –१३, सिन्धुली, श्री चदाहाकमला संगम आधारभूत विद्यालय रुचानी कमलामाई –१३, सिन्धुली, श्री कमला आधारभूत विद्यालय चन्दनपुर कमलामाई –१४, सिन्धुली, श्री जनता आधारभूत विद्यालय ज्यामिरे कमलामाई –१०, सिन्धुली, श्री सातकन्या आधारभूत विद्यालय ठुलडाँडा कमलामाई –८, सिन्धुली र श्री मनकामना आधारभूत विद्यालय जरायोटार कमलामाई –५, सिन्धुली लाई आइटि सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रति विद्यालय ल्यापटप १४ इन्चको एक थान, प्रोजेक्टर एक थान, स्मार्ट टिभि ४३ इन्चको २ थान, प्रोटेबल ट्रली स्पीकर एक थान, विन्डोज अपरेटिंङ सिस्टम (जेनून) एक थान हस्तान्तरण गरिएको छ । साथै ५ वटा विद्यालयलाई अडिओ, भिडिओ सफ्टवयर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

सिकाई परियोजना मार्फत हेण्ड्स नेपालले प्रारम्भिक कक्षा कोठा व्यवस्थापन, सिकाइ तथा पढाई प्रर्बधनमा सहयोग, विद्यालय खानेपानी र सरसफाइ सुधारमा सहयोग शिक्षक तथा अभिभावकको क्षमता अभिवृद्धिमा सहयोग गर्दे आइरहेको परियोजना संयोजक तिमल्सिनाले जानकारी दिनुभयो ।

कुनै पनि बालबालिका वञ्चीत नहुन भन्ने नेपाल सरकारको राष्ट्रिय अभियानलाई परियोजनाका कार्यक्रमले सहयोग गरिरहेको उहाँको भनाई रहेको छ । विद्यालयमा आइसिटि प्रर्वद्धन गर्न सहजीकरण गर्ने, सामाग्रीको समुचितप्रयोग र दिगोपनामा सहयोग गर्ने र प्रविधि र सिकाइविच सेतुको रुपमा काम गर्न सहयोग गर्ने उद्धेश्ले १५ विद्यालयमा आइसिटि सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

परियोजना मार्फत हस्तान्तरण गरिएका समाग्रीहरुको प्रयोग विद्यालयले आफ्नो विद्यालयको प्रविधि विकास र विद्यार्थीहरुको सिकाइलाइ सदैव जोड्न प्रयोग गर्ने उहाँको अपेक्षा रहेको छ ।  हेण्ड्सले प्रदान गरेका आइसिटि सामाग्री स्मार्ट टिभि बालकक्षा र कक्षा १ का कक्षा कोठमा राख्नु पर्ने, ल्यापटप, प्रोजेक्टर र स्पीकर विद्यालयले सिकाइ सँग जोड्न अन्य कक्षा कोठामा प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

 

Comment here