आर्थिकसमाचार

विपन्न समुदायलाई बाख्रा वितरण

सिन्धुली, २ असार २०७८

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिका ४ रायडिहीमा बाख्रा तथा बोका वितरण गरिएको छ । चालु आर्थिक वर्षको निर्धारित कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई बाख्रा र बोका वितरण गरिएको हो ।

कमलामाइ नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विमला विसखेको अध्यक्षता , एवं गरिव सग बिशेस्वर कार्यकम जिल्ला समन्वय कर्ता सन्तोष घिमिरेको प्रमुख आतिथ्यता दुई वटा समुहलाई बाख्रा र बोका वितरण गरिएको हो ।

विपन्न समुदयका नागरिकको आय स्तर बृद्धि गर्न बाख्राका पाठी तथा बोका वितरण गरिएको गरिव सग बिशेस्वर कार्यकम जिल्ला समन्वय कर्ता सन्तोष घिमिरे ले बताउनुभयो ।

दलित महिला बचत समूह र गरिव सग विशेस्वर दलित महिला बचत समूह गरि २ वटा समुहलाइ १३/१३ वटा बाख्रा र एउटा ब्याडे बोका वितरण गरिएको छ । साथै वितरण गरिएका बाख्राको बिमा गरिएको छ ।

गरिबिको रेखामुनि रहेका नागरिकहरूको जीवन स्तर माथि उठाउन सहयोग पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको घिमिरेको भनाई रहेको छ । यस कार्यक्रमले विपन्न वर्गहरूको जीवन स्तर माथि उठाउन आय अर्जनका व्यवसायमा लाग्न प्रेरित गर्ने पनि उहाँको भनाई छ ।

Comment here